Logo
Logo

उत्कृष्ट प्रर्दशन गरेर आउट भए आसिफ शेख


2.8k
Shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा आसिफले ७९ बलमा ८ चौँकासहित ५८ रन बनाएका हुन् । आसिफ आउट हुँदा नेपालले पाँच विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको छ । अहिले गुल्सन झा र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन् ।

नेपालका ओपनर कुशल भुर्तेल २८ रनमा क्याच आउट भएका थिएका थिए । त्यस्तै कप्तान रोहितले पौडेलले ८ बलमा ५ रन र भीम सार्कीले १७ बलमा ७ रन जोडेका थिए । कुलश मल्ल भने ५ बलमा २ रन जोड्दै आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्