काठमाडौं । लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको गरिएको हो ।

उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो ।
बन्द गरेपछि सञ्चालक पौडेलले फेसबुकमा लेखेका छन्– अब आक्रमण गर्नु पर्दैन, स्वार्थले खोलिएको थिएन । त्यही भएर बाल छैन, बाँकी कुरा पछि गराौलाँ !!’
मेयर बालेनले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण दिएका छन् ।
त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । रुटिन अफ नेपाल बन्दले बालेनको छोरी जन्मिएको सूचना सार्वजनिक गरेको थियो । त्यसको केही समयमै बालेको छोरी ९ दिन अघि नै जन्मिएको तथ्य सार्वजनिक भएको थियो ।
त्यसपछि बालेनको आलोचनलाई डाइभर्ट गर्न छोरी जन्मिएको सूचना सार्वजनिक गरेको रुटिन अफ नेपाल बन्दलाई लाग्दै आएको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थपेको थियो ।
विवादमा परेपछि रुटिनले अस्थायी रुपमा पेज बन्द गरेको हो । मेयर बालेनले पनि आफ्नो धम्कीपूर्ण स्टाटस डिलेट गरिसकेका छन् ।














