Logo
Logo

नेपालले गुमायो ७ विकेट, दीपेन्द्र सिंह ऐरी आउट


693
Shares

काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर एलबिडब्लु भएका हुन् । उनलाई हार्दिक पाण्डेयले आउट गरेका थिए ।

७ विकेटको क्षतिमा नेपालले १९४ रन बनाएको छ । अहिले सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा रहेका छन् ।

नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् ।

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ , कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्