काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले नवौँ विकेट गुमाएको छ ।
पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा १७ बनलमा ९ रन बनाउँदै रनआउट भएका हुन् । त्यसअघि सोपाल कामी ४८ रन बनाएर क्याच आउट भएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको छ । सन्दीप लामिछाने र क्रिजमा रहेका छन् । दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर एलबिडब्लु भए । उनलाई हार्दिक पाण्डेयले आउट गरेका थिए ।
नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् ।
यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् ।














