
काठमाडौं । जङ्गली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा राखिएको विद्युतीय तारमा परेर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।














