
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज मुस्ताङ जाने भएका छन् । कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहत वितरणको लागि उनी मुस्ताङ जाने भएका हुन् ।
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पु¥याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द छ ।
गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो ।














