Logo
Logo

सक्रिय भए संसदीय समिति, आज मात्रै ६ वटा समितिको बैठक बस्दै


441
Shares

फाइल फाेटाे

काठमाडौं । सभापति चयनसँगै विभिन्न संसदीय समितिहरु सक्रिय हन थालेका छन् । गत हप्ता नयाँ सुभापति चयन भएपछि समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार आज मंगलबार मात्रै ६ वटा समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान ११ बजे बस्दैछ । बैठकमा समितिका नवनिर्वाचित सभापतिलाई बधाई एवं शुभकामना दिने कार्यक्रम रहेको छ ।

त्यसपछि अत्यावश्यक खाद्य वस्त्ुमा बढ्दो मंहगी र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, विक्री र हालको मौज्दातको अवस्थाका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयलले जनाएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको समसामयिक विषय र भावी कार्ययोजनाको सम्बन्धमा छलफल हुनेछ । बैठकमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिको कार्यप्रगति लगायतका सम्बन्धमा छलफल हुने छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा आज सामान्यतया बधाई तथा शुभकामनाको कार्यसूची राखिएको छ ।

यता लेखा समितिको बैठक ११ बजे बस्दैछ । बैठकमा समितिमा तत्काल कार्यसम्पादन गर्नु पर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको समिति सदस्य मनिष झाले जानकारी दिए । त्यस्तै बढ्दो बेरुजु व्यवस्थापनमा सम्परीक्षण गर्न पूर्व सभापति र पूर्वसचिवहरुसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।

यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । दिउँसो १ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उपसमितिबाट पेश भएका प्रस्ताव सम्बन्धी, प्रदेश स्तरीय कार्यक्रम सम्बन्धी, समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धी विविध विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्