Logo
Logo

गाई-गोरु काट्न पाउने कानुन बनाउन सांसद दुर्गा राईको माग


2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु मार्न÷काट्न गर्न पाउने कानुन बनाउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताए ।

सांसद राईले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताउँदै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई–गोरु काट्न÷मार्न पाउने कानुन बनाउन माग गरेका हुन् ।

राज्यको कुनै धर्म नहुने बताउँदै नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्न पनि उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्