
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज उनी दिउँसो ३ बजे पाटनस्थित कृष्णमन्दिर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।














