
काठमाडौं । आज देशभर एकसाथ ५१ विद्युतसवारी चार्जीङस्टेसन सञ्चालनमा आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन्।
ऊर्जामन्त्री बस्नेतले उद्घाटन गरेसँगै नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन एकसाथ सञ्चानलनमा आएको हो । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।
स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने ऊर्जामन्त्री बस्नेतले बताए । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।














