Logo
Logo

मोटोपना तथा क्यान्सरबाट बच्न नियमित कफी सेवन गरौं



कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो । जाडो होस या गर्मी याम, दुबै समयमा हामीले कफी अलि बढी नै पिउने गर्छौं । हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी ?

कफीमा ‘क्याफिन’ हुन्छ । क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क हुँदा फाइदा । प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ । मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ ।

नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ । नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत कम गर्छ । कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाउन मद्दत गर्छ र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ ।

कालो कफी पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । कालो कफीलाई कलेजोका लागि राम्रो मानिन्छ । तर, दूधकफीले ग्यास्ट्रिक बढाउन मद्दत गर्छ, हार्ट बर्न र एसिडिटी बढाउँछ ।

यदि कफी सही तरिकाले खायो भने मुटुरोगीलाई फाइदा पुग्छ । कलेजोरोग र मधुमेहका बिरामीलाई पनि कफीबाट फाइदा पुग्छ । ठिक्क मात्रामा कफी पिउनाले हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिम न्यून गराउँछ । रातिमा पढ्ने मानिसले निद्रा लागेका बेला कफी खायो भने निद्रा हराउँछ ।

प्रतिक्रिया दिनुहोस्