Logo
Logo

मञ्च ढलेपछि अतिथिहरुको भागाभाग


11.7k
Shares

धनगढी । कार्यक्रम सञ्चालन भइरहेका बेला मञ्च ढलेपछि अतिथिहरुको भागाभाग भएको छ । बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षित्सव कार्यक्रम भइरहेका बेला मञ्च ढलेको हो । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह थिए । कार्यक्रम चलिरहेकै बेला मञ्च अचानक ढलेपछि प्रमुख अतिथि मुख्यमन्त्री शाहलगायतको भागाभाग भएको हो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार मञ्च एक फिटजति अग्लो बनाइएको थियो । त्यो डिस्लोकेट भएर पाल झरेको उनको भनाइ छ । मञ्चमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने लगायतका थिए । मञ्च ढलेपछि केहीबेर रोकिएको कार्यक्रम फेरि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्