Logo
Logo

सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

यादवमाथि भृकुटीमण्डपमा बुधबार दिउँसो खुकुरी प्रहार भएको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार आरोपमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा पक्राउ परेका छन् ।

सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति, पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरी कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्