Logo
Logo

बीवाईडीको लक्जरियस गाडी ‘सिल’ नाडा अटो शोमा राखिने, मूल्य एक करोड पाँच लाख



काठमाडौं । बीवाईडीको लक्जरियस गाडी ‘सिल’ राजधानीमा हुने सवारी मेला नाडा अटो शोमा देख्न पाइने भएको छ । बीवाइडी गाडीको बिक्रेता साइमेक्स इन्कले ‘सिल’ भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा राख्ने भएको हो ।

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै उक्त गाडी मूल्य सार्वजनिक गरेको छ । उक्त गाडीको मूल्य नेपाली बजारमा १ करोड ५ लाख रुपैयाँ हुने भएको छ । मूल्य सार्वजनिकसँगै बिक्रेता कम्पनीले उक्त गाडी नाडा अटो शोमा ल्याउने पक्का भएको हो ।

कम्पनीका अनुसार यसमा ८२.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ५७० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा सेल–टु– बडी टेक्नोलोजीमा निर्माण भएको छ । यसमा पनि बिवाइडीको ब्लेड ब्याट्री उपलब्ध छ । यो गाडी अल न्यू बिवाइडी ई–प्लाटफर्म ३.० डिजाइनमा उत्पादन गरिएको छ । यो गाडी हुन्डाईको आयोनिक ५ र कियाको इभी ६ जस्तै छ । यो गाडी सेडान इलेक्ट्रिक कार हो ।

प्रतिक्रिया दिनुहोस्