काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलंकका रूपमा रहेको बताउँदै यसविरुद्ध सचेतना जगाउन आह्वान गरेका छन् ।

मानव बेचबिखनविरुद्धको १७आँैं राष्ट्रिय दिवसका अवसरमा बुधबार एक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्तिविरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दाे कानुनी र संरचनात्मक आधार तय गर्न उनले आग्रह सरकारसँग आग्रहसमेत गरेका छन् ।














