Logo
Logo

समृद्धिको बाटोमा इन्भेष्टमेन्ट बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३३औँ वार्षिक साधारणसभा हिजो राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले २०७५/७६ सम्मको संचित मुनाफाबाट २०७६ असार मसान्तसम्ममा कायम शेयर पूँजीको १०.५ प्रतिशत बोनस शेयर तथा ८.५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गरेको छ ।

अधिकांश शेयरधनीले बैंकले पुरातात्विक महत्वका धरोहर पुनःनिर्माणमा पु¥याएको सहयोगको सह्राना गरेका थिए । भूकम्पबाट क्षति भएका मठ मन्दिरका पुनःनिर्माण विदेशी सहयोगमा भइरहेको बेला ‘हामी पनि सक्छौँ’ भन्ने सन्देश बैंकले दिएको छ । यस्तो सोच अन्य बैंकले पनि लिने हो भने धेरै मठमन्दिर पुनःनिर्माण गर्न विदेशीको मुख ताक्नु पर्दैन ।

नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड (पारित १०.५ प्रतिशत बोनससहित) पुगेको छ र बैंकले आव २०७५/७६ मा रु ४ अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी बैंकको खुदनाफा ३ अर्ब ३२ करोड पुगेको छ र बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर रु १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर रु. १ खर्ब २७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एनपीए) अनुपात २.७८ प्रतिशत रहेको छ । बैंकले हालसम्म विस्तारित शाखाहरुसहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटिएमबाट सेवा दिइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न बैंक प्रतिबद्ध रहेको जनाएको छ ।

बैंकले पाँच पटक बैंक अफ दी इयरको अवार्ड प्राप्त गरिसकेको र युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेष्ट बैंक २०१८’ अवार्ड पनि प्राप्त गर्न सफल भएको एनआईबीएलले गत वर्ष इक्रा नेपालद्वारा प्रदान गरिएको ए प्लस स्तरोन्नतिलाई कायम राख्न सफल भएको छ । बैंकको साधारणसभामा सर्वसाधारण शेयरधनीको ठूलो संख्यामा उपस्थिति थियो । सर्वसाधारण शेयरधनीले राखेका जिज्ञासाहरुको अध्यक्ष पाँडेले जवाफ दिनुभएको थियो । सर्वसाधारण शेयरधनीका तर्फबाट अप्रा मेजर कुवेर श्रेष्ठले बोल्दै बैंकको छवि र विश्वसनीयता बिना कुनै पनि वित्तीय संस्थाले प्रगति गर्न नसकिने हुँदा इन्भेष्टमेन्ट बैंक त्यहाँका अध्यक्षको विज्ञता, व्यवस्थापकको कुशलता र कर्मचारीको इमान्दारिताले सफल बैंक भएको बताउनुभयो । श्रेष्ठले बैंक भनेको सर्वसाधारणको रकम बचत गरेर चल्ने संस्था भएकोले यसका शेयरधनीले पनि बैंकबाट मुनाफा मात्र खोज्नेभन्दा पनि बैंकलाई कसरी माथि उठाउनुपर्छ भन्ने सोच राख्नुपर्छ भन्नुभयो । अधिकांश शेयरधनीले बैंकले पुरातात्विक महत्वका धरोहर पुनःनिर्माणमा पु¥याएको सहयोगको सह्राना गरेका थिए । भूकम्पबाट क्षति भएका मठ मन्दिरका पुनःनिर्माण विदेशी सहयोगमा भइरहेको बेला ‘हामी पनि सक्छौँ’ भन्ने सन्देश बैंकले दिएको छ । यस्तो सोच अन्य बैंकले पनि लिने हो भने धेरै मठमन्दिर पुनःनिर्माण गर्न विदेशीको मुख ताक्नु पर्दैन ।

सामाजिक तथा सामुदायिक कार्यहरु अन्तर्गत यस बैंकले पुरातात्विक महत्वको क्षेत्रमा योगदान पु¥याएको छ । देश र समाजप्रतिको दायित्व निर्वाह गर्ने क्रममा यस बैंकले आफ्नो संस्कृति र राष्ट्रिय सम्पदाका संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै समाजमा रहेका सामाजिक, शैक्षिक संस्था, परोपकारी संस्था, मठमन्दिर, अस्पताल, खेलकुद र अन्य सामाजिक हितका संस्थाहरुलाई दान तथा सहयोग गरेको छ । यसबाहेक पनि गरिबी, अशिक्षा अत्यधिक जनसंख्या, वातावरणीय ह्रास, मोफसलका युवाहरुलाई ग्रामीण उद्यमतर्फ आकर्षित गरी बेरोजगारीलगायतका समस्या समाधानमा सहभागी भएर पनि सामाजिक क्षेत्रमा योगदान पु¥याएको छ । यही तथ्यलाई हृदयङगम गरेर बैंकले आफ्नो स्थापनाकालदेखि नै सामाजिक तथा सामुदायिक कार्य गर्दै आएको जनाएको छ । समीक्षा वर्षमा सीएसआरअन्तर्गत रु. ५ करोड ३५ लाख आर्थिक सहयोग गरिएको कुरा अध्यक्ष पाँडेले बताउनुभयो ।

बैंकले यस वर्ष पनि राष्ट्रिय सम्पदाको संरक्षण कार्यलाई निरन्तरता दिँदै विश्व सम्पदा सूचीमा सूचीकृत २०७२ सालको महाभूकम्पबाट प्रभावित हुनमानढोका दरबार क्षेत्र अवस्थित जगन्नाथ र गोपीनाथ मन्दिरको पुनःनिर्माणमा बैंकले विनियोजन गरेको रु. ५० लाख यस आवमा प्रदान गरेको छ । त्यसैगरी पाटनस्थित भीमसेन मन्दिरको लागि यस आवमा रु. ५० लाख प्रदान गरेको छ ।

बैंकले समीक्षा अवधिमा पशुपति क्षेत्र विकास कोषअन्तर्गतको महास्नान घरलाई पुनःनिर्माण तथा मर्मतसम्भार गरी पशुपति संग्रहालयको रुपमा विकास गर्ने उद्देश्यले सो कार्य तीन वर्षभित्र सम्पन्न गर्ने योजनास्वरुप रु. ३ करोड विनियोजनमध्ये गत वर्षझै यस आवमा पनि रु. १ करोड १० लाख प्रदान गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र विकासमा पु¥याएको उक्त मद्दतले विश्व सम्पदा सूचीमा रहेको उक्त स्थानको साख कायम रहनुका साथै पर्यटकलाई थप आकर्षित गर्न मद्दत पुगी यस कार्यबाट पर्यटन उद्योगमा समेत टेवा पुग्ने अपेक्षा बैंकले गरेको छ । त्यसका साथै पशुपति क्षेत्रको सरसफाइ अभियानका लागि बैंकले जम्मा रु. ६४ लाख रकम प्रदान गरेको छ ।

बैंकले सदर चिडियाखानाम सूचना केन्द्र स्थापना गर्न रु. ४८ लाख प्रदान गरेको छ । साथै बैंकले शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न संघ संस्थालाई अनुदान रकम प्रदान गरेको छ । सो अन्तर्गत टिच फर नेपाललाई रु. १० लाख प्रदान गरेको छ । त्यसैगरी बैंकले खेलकुद विकासका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई रु. १८ लाख प्रदान गरेको छ ।

आज विश्वभरि नै महिलाहरु हरेक क्षेत्रमा प्रतिस्पर्धी रुपमा अगाडि आइरहेका छन् । महिलाहरुको विकासबिना देशका भावी सन्ततिको विकास कठिन हुने हुँदा नेपालका महिलाहरुलाई आत्मनिर्भर बन्न अभिप्रेरित गर्नका लागि बैंकले विभिन्न प्रतिष्ठानलाई वित्तीय तथा भौतिक सहयोग प्रदान गर्दै आएको कुरा बैंकको साधारणसभामा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्