Logo
Logo

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा बालेनले ओढाए झण्डा


1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिएको छ ।

सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको नयाँ प्रकारको निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्