Logo
Logo

६२ प्रतिशत परिवार खेतीपातिमा


882
Shares

काठमाडौं । सरकारले राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले आज (बिहिबार) कृषि गणना सार्वजनिक गरेको हो ।

२०१८ सालदेखि हरेक दश दश वर्षमा हुँदै आएको कृषि गणना राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।

तथ्यांक कार्यालयका अनुसार यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ । जसअनुसार नेपालमा कृषक परिवारको संख्या घटेको पाइएको छ । तथ्यांकअनुसार कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियाे।

यस्तै,कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार४ सय १० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्