Logo
Logo

अख्तियारका कर्मचारीलाई शतप्रतिशत भत्ता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ माघ ।
साउनदेखि सबै कर्मचारीको भत्ता खारेज गरेको सरकारले फेरि कर्मचारीलाई भत्ता दिन थालेको छ । यसैक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT


अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारीले सुरु तलव स्केलको सय प्रतिशत र राजपत्र अनंकित भन्दा मुनिका कर्मचारीले ६५ प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने निर्णय सरकारले गरेको हो ।
सरकारको निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी एवं सो आयोग र मातहतका कार्यालयमा दरबन्दी तथा काममा कार्यरत निजामती, प्रहरी, संस्थान तथा अन्य सेवाका अधिकृत वा सो सरहका र सो भन्दा माथिका राजपत्रांकित कर्मचारीहरूलाई पदको सुरु स्केलको सय प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउने छन् ।
त्यसै गरी ‘ख’ मा आयोग र मातहत कार्यालयहरूमा दरबन्दी तथा काजमा कार्यरत निजामती प्रहरी, संस्थान तथा अन्य सेवाका राजपत्र अनंकित र सो सरह तथा श्रेणी विहीन कर्मचारीहरूले निजहरूको पदको सुरु तलवस्केलका ६५ प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने छ । १ माघदेखि अख्तियारका कर्मचारीले भत्ता पाउन लागेका हुन् । जसअनुसार बिहान नौ बजेदेखि नै अख्तियारका कर्मचारी कार्यालय पुग्नुपर्ने हुन्छ ।
अदालत, संसद लगायत निकायका कर्मचारीले पनि प्रोत्साहन भत्ताका लागि सरकारलाई दबाब दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्