Logo
Logo

चिकित्सा शिक्षा आयोगको प्रतिवेदनप्रति आपत्ति


630
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण’ प्रतिवेदनप्रति आपत्ति जनाएकी छन् । बिहीबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले प्रतिवेदनको सर्वेक्षणप्रति आपत्ति जनाएकी हुन् ।

बैठकमा आयोगका उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरीले उक्त प्रतिवेदन पेश गर्दै नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको बताएका थिए । उक्त प्रक्षेपण विज्ञहरूको भनाइको आधारमा तयार पारिएको भन्दै एकपक्षीय भएको सांसद श्रेष्ठको भनाइ छ ।

उनलेभनिन्, ‘रिर्पोटमा बुझ्नै नसक्ने तपाईहरूले सार्वजनिक गरेको रिपोर्टमा यस्तो कन्फिडेन्सका साथ लेख्नुभएको छ । तर, अध्ययनको सिमामा लेखिएको विषयलाई आधार मान्ने हो भने इट इज टोटली बायस्ड । खासगरी प्रक्षेपणका निमित्त समयक्रममा आएको परिवर्तनको प्रवृत्ति विश्लेषण गर्न विगतका वर्षदेखिको समयक्रममा आएका परिवर्तन देखिने तथ्यांक आवश्यक पर्नेमा सोको अभावमा प्रक्षेपणको मोडलको उपयोग गर्न सम्भव भएन ।’ उनले सबै तथ्यांक विज्ञहरूको धारणाको आधारमा प्रस्तुत गरिएकाले रिपोर्ट नै गलत रहेको धारणा व्यक्ति गरिन् ।

प्रतिक्रिया दिनुहोस्