Logo
Logo

प्रधानमन्त्रीलाई रघुजी पन्तको सुझाव- चीनबाट तेल र रेल ल्याउन पहल गर्नुपर्छ


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् ।

जलाशययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री दाहाललाई उनको सुझाव छ । उनले ट्रान्समिशन लाइन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराए ।

उनले भने, ‘भारतबाट हामीले तेल ल्याउने पाइपलाइनहरु बिस्तार गरिरहेका छौं । यो ठीक छ । तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ । हिजो जसरी नाकाबन्दीताका हामीलाई तेल रोकियो । त्यस्तो स्थिति भोलि नआओस् भन्नका लागि चीनबाट रेल र तेल ल्याउने कुरा नेपालको प्राथमिकतामा पर्नुपर्छ । त्यसैले यो विषय प्रधानमन्त्रीको भ्रमणमा अन्यन्त महत्वका साथ उठोस् ।’

सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशाययुक्त आयोजनाहरुको निर्माणमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्