विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयार भएको छ ।
सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले निवर्तमान मुख्यमन्त्री उद्धव थापालाई मदमुक्त गर्दै कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
निवर्तमान मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो ।
प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।














