Logo
Logo

भारतबाट नयाँ राजदूतमा विनय मोहन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।

भारतले नेपालका लागि नयाँ राजदूतमा विनय मोहनलाई नियुक्त गरेको छ। हाल नेपालस्थित भारतीय दूतावास राजदूतविहिन छ ।
विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले पहिले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए।


सन्र २०१० मे महिनादेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए।
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले अवकाश पाएपछि भारतबबाट नयाँ राजदूत पठाउन लागिएको हो । प्राय सिनियर र अनुभवी कुटनीतिज्ञलाई मात्र नेपालको राजदूतमा पठाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्