काठमाडौं । सरकारले तीन जना सचिवको सरूवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरूवा निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरूवा भएका छन् ।

यस्तै, नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरूवा गरिएको छ । मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगका फडिन्द्र गौतमलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।














