Logo
Logo

अध्यक्ष दाहालद्वारा माघीको शुभकामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे संक्रान्तिको अवसरमा शुभकामना दिदै यस्ता पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्’ अध्यक्ष दाहालद्वारा बसधार जारी विज्ञप्तिमा भनिएको छ ।
उनल यस पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्