Logo
Logo

६१ बोरा भन्सार छलेर ल्याइएका कपडासहित एक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई प्रहरीले भपक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा बुधबार बिहान नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको जानकारी दिए । उनले भने, ‘कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ ।’ उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्