Logo
Logo

नेपालको राजनीतिमा एकीकृत समाजवादी भुमिका महत्वपुर्ण छ : माधव नेपाल


630
Shares

काठमडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् ।

आज (शनिबार) नेकपा एस निकट एकीकृत ट्रेड युनियन महासंघ, नेपालद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गठनदेखि लिएर राजनीतिक सहमतिका लागि समेत आफ्नो पार्टीको महत्वपुर्ण भूमिका रहने गरेको जिकिर गरे ।

‘हामी अहिले जुन हौं,देशको राजनीतिको कोर्ष नै चेन्ज गर्दिरँका छौ । ठूलो भनिएको पार्टी सक्तामा थियो हामीले अहिले अलिकता चेन्ज गर्ने बित्तिकै त्यो सरकार ढल्यो। अर्को सरकार बन्नै सक्दैन भनेका थिए हामीले बनाएर देखाइदियौ । यो बनाएर देखाउने कुरामा कसले भूमिका खेल्यो ?’ उनले भने ।

पार्टीको नेताहरूको भूमिका प्रभावकारी भएको तर्क गरे । त्यस्तै राजनीति, संगठन र आन्दोलनलाई अगाडि बढाउनै नसक्ने अवस्था आएपछि तत्कालीन नेकपा एमालेमा केपी शर्मा ओलीको प्रवृत्तिसँग जुधेर अर्को पार्टी गठन गर्नु परेको दोहोर्याउँदै उनले अहिले पनि आफ्नो पार्टीका लागि एमाले बाधक बन्ने गरेको आरोप लगाए ।

६० जनालाई महासंघमा प्रवेश गराएका उनले पार्टीले भूमिका खेले जस्तै जनताको पक्षमा मजदुरको पक्षमा इमान्दार रूपमा काम गर्न सुझाए । त्यस्तै उनले देशको राजनीतिलाई सही दिशामा लैजान सरकारले खोजिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्