Logo
Logo

भ्रष्टाचारको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ ।
अनियमितताको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ परेका छन् ।। प्रारम्भिक छानबिनपछि सैनिक अदालतले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको हो ।
रासनमा अनियमितता गरेको आरोपमा महासेनानी भुपालमान अधिकारी प्रक्राउ परेका हुन् । सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख हुंदा रासन अनियमितता गरेको पुष्टि भएपछि उनलाई हिरासतमा लिइएको सैनिक उच्च स्रोतले जनाएको छ । हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनीअन्र्तगतको (गणेश दल) मा राखिएको छ । अधिकारीको विषयमा छानविन गर्न सेनाले सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरेको छ । उक्त समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

अधिकारीमाथी महाविद्यालयमा प्रमुख हुंदा आर्थिक अपचलन गरेको आरोप लागेको छ । उनले रासनबाट आम्दानी भन्दै प्राइवेट फण्डमा प्रति महिना १ देखी २ लाखसम्म मात्र देखाएका थिए । त्यसपछि उक्त विद्यालयको प्रमुख रहेका प्रमुख सेनानी देव क्षेत्रीले प्रति महिना ७ देखी ७ लाख ५० हजारसम्म आम्दानी देखाएको स्रोतको दाबी छ । हाल उक्त विद्यालयको प्रमुख सम्र्पक व्यक्ति रहेका प्रमुख सेनानी अनुप शाहले मासिक १५ लाख आम्दानी देखाएपछि सैनिक मुख्यालयले यसअघि रासनमा अनियमितता भएको निष्कर्श निकाल्दै अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकारीले अनुसन्धानको क्रममा महासेनानी अधिकारीले रासन बाहिर वेचेको र ठेकेदारले उनको व्यक्तिगत खातामा पैसा समेत जम्मा गरेको प्रमाण भेटिएको बताइएको छ । सेनाले महाविद्यालयमा नै कार्यरत कोर्ट मास्टरलाई समेत पक्राउ गरेर बयान लिएको थियो । उनी शान्ति सेनामा जाने तयारीमा समेत थिए । उनले समेत महासेनानी अधिकारीको निर्देशनमै आफुले काम गरेको बयान दिएका छन् । त्यस्तै वार कलेजमा कार्यरत प्रमुख सेनानी देव क्षेत्रीलाई पनि सैनिक प्रहरीले हिरासतमा लिएको छ । उनलाई सैनिक मुख्यालयभित्र रहेको एमटीमा राखिएको छ । उनीमाथी समेत अनुसन्धान जारी छ ।
पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि सेनाभित्र व्यापार सुधार भइरहेको छ । उनी प्रधानसेनापति भएयता एक सय भन्दा धेरै बर्खास्तमा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्