Logo
Logo

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी शुक्रबारको तुलनामा प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्