
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशमा दलहरुबीच सहमतिको सरकार बनाउनेबारे छलफल भइरहेको बताएको छ ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत जुटाउनका लागि नेपाली कांग्रेस लगायतका दलहरूसँग छलफल भइरहेको बताएका हुन् ।
मध्यावधिले प्रदेशप्रति जनताको वितृष्ण बढाउने उनको भनाई थियो । ‘प्रदेशसभाका सबै दलहरूलाई सहकार्यको मोडालिटी विकास गरेर जाऔँ भन्ने छ । सबैलाई कुनै न कुनै हिसाबमा मिलाएर सहमतिको सरकारको प्रयास हुनेछ,’ उनले भने ।
कांग्रेस नेताहरूसँग निरन्तर सम्पर्क भइरहेको भन्दै उनले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।














