Logo
Logo

समाजवादी मोर्चाको सन्देशसभा आज विराटनगरमा


567
Shares

विराटनगर। समाजवादी मोर्चाले आज (सामेबार) विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज कोशी प्रदेशको बिराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो ।

सो सन्देशसभा दिउँसो १२ बजेबाट सुरु हुनेछ । उक्त सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायतले सम्बोधन गर्नेछन ।

सो सभाको आयोजना जसपा नेपालले गरेको हो । मोर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्