Logo
Logo

स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा



काठमाडौं । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्। महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि उनले महासंघका अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै गत मंगलबार उजुरी दिएकी थिइन्। रुबियालेसले उक्त घटनाको २० औं दिनमा महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताएका छन्

४६ वर्षीय रुबियालेसले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्। चुम्बनका कारण स्पेनी फुटबल विवादित बनेको थियो।

आलोचना भएर राजीनामा माग भए पनि रुबियालेसले राजीनामा इन्कार गर्दै आएका थिए। स्पेनिस फरवार्डमाथि यौन दुर्व्यवहार र जबरजस्ती गरेको अध्यक्षमाथि आरोप लगाइएको छ।

रुबियालेसले चुम्बन आपसी सहमति भएको दाबी गरे पनि फुटबलको विश्व प्रशासनिक निकाय फिफाले अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्