Logo
Logo

डेडिकेटेड र ट्रंकलाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन


630
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रंकलाइनबारे अध्ययन भइरहेको भन्दै विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सोमबार बिहान नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहितको भेटमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी डेडिकेटेड फिडर र ट्रंकलाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको भन्दै निक्र्योल भनएसम्म विद्युत नकाटन् निर्देशन दिएका हुन् ।

यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पु¥याउने कुरामा आफूले पहल गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।

महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्