Logo
Logo

सभामुख छान्न ओली र प्रचण्डबीच एक घन्टा छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ ।
सभामुख चयन प्रक्रिया पेचिलो बन्दै गएछि नेकपाका दुई अध्यक्षले एक घन्टा छलफल गरेका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा नदिने अडान राखेपछि यसको विकल्पका बारेमा छलफल भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार बालुवाटारमा एक घन्टा छलफल भएको छ ।


एकातर्फ उपसभामुखले नै राजिनामा दिन मानेकी छैनन् भने अर्काेतर्फ सुवाचन्द्र नेम्वाङ र अग्नी सापकोटामध्येबाट कसलाई बनानने भन्ने पनि विवाद छ ।
२६ पुसको सचिवालयले तुम्बहाम्फेलाई राजिनामा दिन लगाउने निर्णय गरेको थियो । सो निर्णयले आफूलाई केही फरक नपर्ने भन्दै तुम्बाहाम्फे सभामुखका लागि आफू नै योग्य रहेको अडानमा छिन् ।

एउटै दलबाट सभामुख र उपसभामुख रहन नसक्ने संवैधानिक व्यवस्था भएकाले शीर्ष नेताहरू भने उनलाई राजिनामा गराएर नेम्वाङ र सापकोटामध्येबाट एक जनालाई सभामुख पदका लागि अघि सार्ने योजनामा छन् । यही विवाद मिलाउन एक महिनादेखि संसद बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्