Logo
Logo

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित


1.6k
Shares

काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले गोल खाँदै पराजय बेहोरेको हो ।

८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो ।

म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो ।

पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्