Logo
Logo

नेम्वाङको अप्रत्यासित निधनले देशलाई ठूलो क्षति : डा. भट्टराई


882
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट स्तब्ध भएको बताएका छन्।

आँखामा राखे पनि नबिझाउने असल मान्छे गुमाउनुपरेको भन्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु। आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्बांगको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ: मैले आत्मीय मित्र गुमाएको छु। उहॉप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना !’

प्रतिक्रिया दिनुहोस्