Logo
Logo

नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय लगियो


567
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालय च्यासल लगिएको छ।

शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई पार्टी कार्यालय लगिएको हो। उपाध्यक्ष नेम्वाङको सोमबार राती हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागी आज दिनभर पार्टी कार्यालयमा राखिने छ ।

उनका छोराहरू विदेशमा रहेकाले आएपछि बिहिबार मात्र अन्त्येष्टि गरिने भएको छ। उनको निधनमा सार्वजनिक बिदा दिँदै राजकिए सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्