Logo
Logo

एमालेको सबै कार्यक्रम स्थगित, ३ दिन पार्टीको झण्डा झुकाउने


1.5k
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सबै औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।

पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए ।नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

उपाध्यक्ष नेम्वाङको सोमबार राती हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागी पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

उनका छोराहरू विदेशमा रहेकाले आएपछि बिहिबार मात्र अन्त्येष्टि गरिने भएको छ। उनको निधनमा सरकारले बिहिबार सार्वजनिक बिदा दिँदै राजकिए सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्