Logo
Logo

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालन


- दृष्टि न्युज/संवाददाता


चितवन, ३ माघ । रातभरीको वर्षापछि नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । बिहीबारदेखि परेको वर्षातका कारण इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रबार बिहान पहिरो खसेको हो । अहिले सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्