Logo
Logo

नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बिहीबार बस्ने


378
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २८ गते बिहीबार बस्ने भएको छ ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारितका लागि बैठक बोलाइएको संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठक दिउँसो ३ बजे बस्नेछ । यसअघि प्रतिनिधिसभाको बैठक भदौ २७ गतेका लागि बोलाइएको थियो । बैठक एकदिनपछि सारिएको छ ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्