Logo
Logo

नेम्वाङका कान्छा छोरा आइपुगे, जेठो आज आइपुग्दै


23k
Shares

काठमाडौं । दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन्।

सोमबार राति बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्। केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए।

सुहाङ मंगलबाार राति साढे १० बजे काठमाडौं आइपुगेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए। जेठो छोरा मिङ्सो नेम्वाङ आज (बुधबार) आइपुग्ने बताइएको छ । उनी बैदेशिक रोजगारीका लागि बेलायतमा बस्दै आएका छन् ।

दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको दाहसंस्कार गरिएको छैन। अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। दिउँसो नेम्वाङको पार्थिव शरीर उनकै निवासमा लगिने एमालेले जनाएको छ।

अब बेलायतमा रहेका जेठो छोरा मिङ्सो नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने काफ्लले जानकारी दिए।संविधान सभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्