Logo
Logo

बालुवाटारमा सत्यनिरुण र मेलमिलापबारे नेकपा र कांग्रेस नेताबीच छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपा र कांग्रेसका नेताबीच छलफल भएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताबीच छलफल भएको हो ।
उनीहरुबीच सत्यनिरुण तथा मेलमिलाप आयोगबारे छलफल भएको बताइएको छ । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । उनका अनुसार नेताहरुबीच यी आयोग र समसामयिक विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गहन छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्