Logo
Logo

विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता (पूर्णपाठसहित)


630
Shares

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० आज (बुधबार) प्रतिनिधि सभामा दर्ता भएको हो।

प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक हिजो नै संसदमा आइपुगेको थियो । तर, सबै प्रकृया नपुगेका कारण दर्ता भन हुन सकेको थिएन। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो।

शिक्षमन्त्री अशोककुमार राईले संसदमा दर्ता गराएको उक्त विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

अव नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानरहेको छ । तर अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधानमा राखिएको छ ।

यसअघि साउन १६ गते पेस गरिएको विधेयकमा भने निजी विद्यालय अनिवार्य गुठीमा जानु पर्ने प्रावधान राखिएको थियो । तर निजी विद्यालय सञ्चालकहरूको तीव्र आलोचना, विरोध र दबाब पछि संसोधन गरेर विधेयक दर्ता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्