Logo
Logo

६० केजी सुन तस्करी प्रकरणको पुनः अनुसन्धान हुन्छ: सीआइबी


1.6k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल बन्द नहुने बताएको छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजाने बताए ।

‘अहिले हामीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान सकिएको छैन । फेरी पनि अनुसन्धान हुने छ र पूरक अभियोग पत्र लगिने छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्