Logo
Logo

सुन तस्करी गर्न ७ कम्पनी खोलेको सीआइबीको दाबी


4.9k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ गिरोहले सुन तस्करी गर्न नेपालमा ७ वटा कम्पनी खोलेको र तीमध्ये ६ वटा कम्पनीले नेपालमा सुन भित्र्याएको दाबी गरेको हो ।

उनीहरुले सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको पाइएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले बताए ।

उनले भने, ‘चिनियाँ गिरोहले सुन तस्करी गर्न नेपालमा ७ वटा कम्पनी खोलेको पाइयो । सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको देखियो ।’

प्रतिक्रिया दिनुहोस्