Logo
Logo

संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना


- दृष्टि न्युज/संवाददाता


पर्वत, ३ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएक छन् ।
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक रहेको बताए । उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुंगो लाग्ने बताए । नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्