Logo
Logo

नेम्वाङका दुवै छोरा आइपुगे, दाहसंस्कार भोलि


1.6k
Shares

काठमाडौं । दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । अष्ट्रेलियाबाट कान्छा छोरा सुहाङ नेम्वाङ हिजो (मंगलबार) नै काठमाडौं आइपुगेका हुन् भने जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । उनी केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेम्वाङको सोमबार राति हृदयघातबाट असामयिक निधन भएको हो । नेम्वाङको दाहसंस्कार भने भोलि (बिहिबार) मात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएकाे छ ।

सरकारले नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनको निधनको शोकमा अन्त्येष्टि सार्वजनिक विदासमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्