Logo
Logo

साल्ट ट्रेडिङलाई थप व्यापक बनाउन आवश्यक : आपूर्तिमन्त्री


945
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुराउने गरि काम गर्न साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडलाई सुझाव दिएका छन् ।

साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडको ६१औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले दैनिक उपभोग्य बस्तुसँगै कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुराउने गरि काम गर्न सके संस्थाको महत्व अझ बढ्ने भन्दै सुझाव दिएका हुन् ।

साल्ट ट्रेडिङले जनतालाई सुपथ मूल्यमा उपभोग्य बस्तु उपलव्ध गराउन गरेको कार्य प्रसंसायोग्य रहेको भन्दै उनले यसलाई थप व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याए । दैनिक उपभोग्य बस्तु हुने गरको कृतिम मूल्यबृद्धिलाई नियन्त्रणका लागि सरकारले नियमित बजार अनुगमन गर्नुको अलावा आफु अन्तर्गतका संस्थानहरुमार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको उनले बताए ।

मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पूरा नहुने उपभोग्य बस्तुहरु सहज रुपमा आयात गरि उपभोक्ता हित संरक्षणमा टेवा पुराउन साल्ट टे«डिङ्ग कर्पोरेशनले सरकारलाई पुराउने योगदान अतुलनिय रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्