
काठमाडौं । सरकारले भौतिक पुर्वाधार मन्त्रालय मातहतका १० सहसचिवसहित ७० जना कर्मचारीको सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।
सरुवा हुनेहरुमा नरेशमान शाक्य, प्रेम प्रसाद खत्री, ललिजन खनाल, श्यामबहादुर खड्का, कुवेर नेपाली लगायत रहेका छन् ।






















