
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि प्रक्रिया जारी छ । बालुवाटारस्थित नेम्वाङको निवासबाट शवयात्रा गरी अन्त्येष्टिका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको हो ।
त्यहाँ राजकीय सम्मानसहित नेम्वाङको अन्त्यष्टिको प्रक्रिया भइरहेको छ । उनको अन्तिम विदाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, आफन्त, सुभचिन्तक लगायत सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ ।


















